झापा– पत्रकारलाई अभद्र व्यवहार गरेको आरोपमा कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठक लाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्का का अनुसार पाठकले गत फागुन १४ गते रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्य माथि अभद्र व्यवहार गरेका थिए।
सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलको संयुक्त टोलीले उनलाई शिवसताक्षी नगरपालिका–४ बाट नियन्त्रणमा लिएको छ। प्रहरीले पाठकलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको छ।
