काठमाडौं । Shankar Pokharel ले Yogesh Bhattarai को ‘निर्वाचनमा महासचिवले जिम्मेवारी नदिएको’ भन्ने अभिव्यक्तिको खण्डन गरेका छन्।
भट्टराईले हालै एक अन्तर्वार्तामा चुनावका बेला आफूले महासचिवसँग जिम्मेवारी माग्दा पनि नपाएको बताएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै Shankar Pokharel ले उक्त दाबी सही नभएको बताएका हुन्।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै सामाजिक सञ्जालमा योगेश भट्टराईले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भइरहेको उल्लेख गरेका छन्। तर आफूले भट्टराईलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा सम्भव भएसम्म पुगेर सहयोग गर्न अनुरोध गरेको कुरा भने कतै उल्लेख नभएको उनले बताएका छन्।
उनका अनुसार आफूले समय मिलेमा दाङमा समेत आउन भट्टराईलाई आग्रह गरेका थिए। तर भट्टराईले ताप्लेजुङ जानुपर्ने भएकाले दाङ जान नसक्ने बताएका थिए। त्यसलाई आफूले स्वाभाविक रूपमा लिएको पनि पोखरेलले स्पष्ट पारेका छन्।
साथै, अहिले भट्टराईका नाममा सार्वजनिक भएका समाचारहरूबाट आफू आश्चर्यचकित भएको पनि उनले बताएका छन्।
भट्टराईको भनाइको अधुरो अंश मात्रै सार्वजनिक भएको हुन सक्ने भन्दै भ्रम नपरोस् भन्ने उद्देश्यले आफूले स्पष्ट पार्नुपरेको पोखरेलले बताएका छन्।
