काठमाडौं । अनुचित लेनदेन गरी मिटरब्याज लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्याङ्जाको हरिनास गाउँपालिकाकी ५३ वर्षीया शान्ति तिवारीलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो। परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार तिवारीविरुद्ध अनुचित लेनदेनसम्बन्धी पाँच वटा जाहेरी दर्ता भएका छन्।
उजुरीअनुसार कबिता सुब्बाबाट १७ लाख रुपैयाँ लिँदा ३१ लाख रुपैयाँ फिर्ता मागेको आरोप छ। त्यस्तै दिनेश खड्काबाट १५ लाख रुपैयाँ लिँदा २८ लाख, पवित्रा घलेबाट दुई लाख रुपैयाँ लिँदा तीन लाख, नविना शाहीबाट १२ लाख रुपैयाँ लिँदा १४ लाख तथा दुर्गा हमालबाट ११ लाख रुपैयाँ लिँदा २८ लाख रुपैयाँ फिर्ता मागेको आरोप लगाइएको छ।
प्रहरीले उनलाई अनुसन्धानका लागि शुक्रबार अदालतमा पेस गर्ने तयारी गरेको जनाएको छ।
