काठमाडौँ । जुम्लाबाट बिहीबार हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएकी उनको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।
