काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको काठमाडौँस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ।
अस्पताल स्रोतका अनुसार केही समययता मोहनप्रसाद ओली अस्वस्थ थिए। उनको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ।
परिवारका अनुसार स्वर्गीय ओलीको आजै काठमाडौँस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।
स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।
