काठमाडौँ । राष्ट्रिय लिग फुटबलमा चर्च बोइज युनाइटेडले काँक्रेबिहार क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा चर्च बोइजले काँक्रेबिहारलाई २–१ गोलले हराएको हो।
यस जितसँगै चर्च बोइज ८ खेलबाट १९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ९ खेल खेलिसकेको काँक्रेबिहारले भने १ अंक मात्रै जोडेको छ र तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।
यसैबीच, दशरथ रंगशालामा सङ्कटा फुटबल क्लब र श्री भगवती क्लबबीचको खेल जारी छ। आजै बेलुका ६ बजे सोही रंगशालामा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी कुल १७ टोली सहभागी छन्। प्रतियोगिताका खेलहरू दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा सञ्चालन भइरहेका छन्।
