काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद गणेश पराजुलीले देशको अवस्था परिवर्तन गर्न नागरिकहरूले सक्रिय योगदान दिनुपर्ने बताएका छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ बाट निर्वाचित भएपछि तारकेश्वर नगरपालिका–४ लोलाङमा आयोजित स्थानीयसँगको साक्षात्कार कार्यक्रममा उनले सक्षम नागरिकहरूले आफ्नो ज्ञान र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए।
“यहाँहरूले प्राप्त गरेको ज्ञानलाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्नुपर्छ,” उनले भने।
सांसद पराजुलीले देशमा परिवर्तन र भावी पुस्ताको भविष्य सुनिश्चित गर्न मतदाताले देखाएको साहस र समर्थनप्रति आभार पनि व्यक्त गरे।
उनका अनुसार नागरिकको सक्रिय सहभागिता र सहयोगबाट मात्रै राष्ट्र निर्माणको अभियान सफल बनाउन सकिन्छ।
