कञ्चनपुर । कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत वेदकोट नगरपालिका–७ स्थित लालपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
महेन्द्रनगरबाट पूर्वतर्फ जाँदै गरेको से १ च १४०५ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो।
मृतकहरूको सनाखत भने अझै हुन नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
