महेन्द्रनगर । कञ्चनपुरमा एक नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरानाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार घटनाबारे प्राप्त सूचनाका आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो।
“बालिकामाथि जंगलभित्र लगेर जबरजस्ती करणी गरेको उजुरी आएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान अघि बढाएको छ,” प्रहरी निरीक्षक थापाले बताए।
