काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी आपूर्तिमा असर पर्न थालेको छ। छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तानमा पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेपछि यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ।
नेपाल आयल निगमले भने देशमा पेट्रोल तथा ग्यासको अभाव नरहेको बताउँदै आएको छ। तर केही ग्यास बिक्री डिपोहरूले कृत्रिम अभाव सिर्जना गरेको गुनासो उपभोक्ताहरूले गरेका छन्।
यसैबीच बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिन सयौँ उपभोक्ता लाइनमा बस्न थालेका छन्।
बाहिरका डिपोहरूमा ग्यास नपाइएपछि सिलिन्डर बोकेर बालाजुसम्म आउनुपरेको उपभोक्ताहरूको भनाइ छ।
