सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट प्रहरीले करिब २०० केजी गाँजा बरामद गरेको छ।
गए राति गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीबाट प्लास्टिकका आठ वटा बोरामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार गाँजा बरामद गरिएको घटनाबारे थप अनुसन्धान भइरहेको छ।
