काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै ग्रीस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का २२ वर्षीय संयोग राई रहेका छन्।
प्रहरीका अनुसार उनले ग्रीस पठाइदिने भन्दै तीन जनाबाट करिब २५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
