काठमाडौँ । Rabi Lamichhane माथि सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदन पूर्ण सुनुवाइका लागि पेश हुने भएको छ।
Supreme Court of Nepal का न्यायाधीशद्वय Sapana Pradhan Malla र Shrikanta Paudel को संयुक्त इजलासले उक्त रिट आगामी चैत १ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो।
यसअघि Sabita Bhandari ले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी मुद्दासँगै जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्।
महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मार्फत लामिछानेविरुद्ध सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका आरोप हटाउन सम्बन्धित सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।
तर उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता Dinesh Tripathi, कानुनका विद्यार्थी Ayush Badal र Yubaraj Poudel Safal ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन पेश भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले सुनुवाइ हुन सकेको छैन।
यता काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयहरूले भने लामिछानेसहितको अभियोगपत्र संशोधनका लागि अहिलेसम्म जिल्ला अदालतमा निवेदन दिएका छैनन्।
