पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य Mahabir Pun ले आफ्नो अभियानका लागि सडक र चोकमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा Pokhara Metropolitan City का मेयर Dhanraj Acharya ले ध्यानाकर्षण गराएका छन्।
मेयर आचार्यले अनुमतिबिना सडकमा पुस्तक बिक्री गर्दा ट्राफिक व्यवस्थापनमा असर पर्ने र यस्तो कार्य कानुनी रूपमा पनि उपयुक्त नहुने भन्दै पुस्तक व्यवसायीहरूको सञ्जालमार्फत बिक्री गर्न सुझाव दिएका हुन्।
आचार्यले पुनको देश र समाजप्रतिको समर्पण, नवप्रवर्तन अभियान तथा सादगीपूर्ण जीवनशैलीको उच्च प्रशंसा गर्दै सम्मानित व्यक्तित्व सडकमा उभिएर किताब बेच्दा अनावश्यक विवाद र प्रश्न उठ्न सक्ने बताएका छन्।
‘फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम तपाईंमाथि पनि लागू हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त देखिँदैन,’ मेयर आचार्यले बताएका छन्। उनले दर्ता र आवश्यक अनुमतिबिना कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्ने स्मरण गराएका छन्।
मेयर आचार्यले पुनलाई पोखरा आउन निमन्त्रणा दिँदै देशभर रहेका करिब १८ हजार पुस्तक व्यवसायीको सञ्जालमार्फत पुस्तक बिक्री गर्न सकिने विकल्प पनि प्रस्तुत गरेका छन्।
‘तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो, हाम्रो भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो,’ मेयरले भनेका छन्, ‘यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनुभयो भने, हामी महासंघमार्फत बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौँ।’ यसले पुनको अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उनको विश्वास रहेको छ।https://www.facebook.com/share/p/1GjZGjsKSm/
