काठमाडौँ । Rabi Lamichhane नेतृत्वको Rastriya Swatantra Party (रास्वपा) का सभापति लामिछानेले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी चुनावी खर्च विवरण पेस गरेका छन्।
मंगलबार District Election Office Chitwan मा उपस्थित भई उनले आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन्।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका लामिछानेले कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्।
विवरणअनुसार मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ भने नमुना मतपत्र तथा प्रचार सामग्री छपाइमा ६८ हजार १६१ रुपैयाँ खर्च गरिएको छ। यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
त्यस्तै मतदाता प्रशिक्षणका क्रममा खाजा व्यवस्थापनमा १४ हजार २०० रुपैयाँ र वडास्तरीय प्रचारप्रसारमा ४६ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।
यसैगरी खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार रुपैयाँ, हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ र गोष्ठी तथा भेलाको व्यवस्थापनमा १ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा समावेश गरिएको छ।रवि लामिछानेद्वारा चुनावी खर्च विवरण पेस, करिब ९ लाख ९० हजार खर्च
काठमाडौँ । Rabi Lamichhane नेतृत्वको Rastriya Swatantra Party (रास्वपा) का सभापति लामिछानेले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी चुनावी खर्च विवरण पेस गरेका छन्।
मंगलबार District Election Office Chitwan मा उपस्थित भई उनले आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन्।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका लामिछानेले कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्।
विवरणअनुसार मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ भने नमुना मतपत्र तथा प्रचार सामग्री छपाइमा ६८ हजार १६१ रुपैयाँ खर्च गरिएको छ। यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
त्यस्तै मतदाता प्रशिक्षणका क्रममा खाजा व्यवस्थापनमा १४ हजार २०० रुपैयाँ र वडास्तरीय प्रचारप्रसारमा ४६ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।
यसैगरी खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार रुपैयाँ, हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ र गोष्ठी तथा भेलाको व्यवस्थापनमा १ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा समावेश गरिएको छ।