काठमाडौँ । नियमित गस्तीमा खटिएको प्रहरीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा जीतपुर–सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम रहेका छन्।
यसैगरी, चितवनको भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२३ का २९ वर्षीय सोम पाण्डे रहेका छन्।
प्रहरीले उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
