कञ्चनपुर — Shuklaphanta National Park मा मंगलबारदेखि बाघ गणना सुरु गरिएको छ। राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै Laljhadi-Mohana Conservation Area र Jogbuda क्षेत्रमा स्वचालित क्यामेरा जडान गरी बाघको संख्या गणना गर्न थालिएको निकुञ्ज कार्यालयले जनाएको छ।
मंगलबार बिहान आयोजित एक कार्यक्रममा निकुञ्ज कार्यालयले औपचारिक रूपमा बाघ गणना अभियान सुरु गरेको हो। यसका लागि शुक्लाफाँटा–लालझाडी–जोगबुडा क्षेत्रलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको छ।
निकुञ्जका अनुसार यसअघि यहाँ ४३ पाटेबाघ गणना गरिएको थियो। करिब ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा कम क्षेत्रफलमा धेरै बाघ पाइने निकुञ्जका रूपमा परिचित छ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत Chandrashekhar Chaudhary का अनुसार बाघ गणनाका लागि ५८० वटा स्वचालित क्यामेरा जडान गरिनेछ भने ७७ जनाको प्राविधिक टोली परिचालन गरिनेछ।
पर्याप्त आहार प्रजाति उपलब्ध भएकाले यस क्षेत्रमा बाघको संख्या तुलनात्मक रूपमा बढी रहेको निकुञ्जले जनाएको छ।
