पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिक सोमबार प्रहरीले करिब २१३ किलो गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले जगरनाथपुरतर्फ जाँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर देख्दा चालक फरार भएको थियो। प्रहरीले उक्त ट्याक्टर तलासी गर्दा २२ वटा प्लाष्टिकका पोकामा भरेको २१३ किलो गाँजा फेला पारी बरामद गरेको हो।
प्रहरीले फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ भने यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।
