सप्तरी – राजगढ गाउँपालिका–५ मलेखपुरकी २७ वर्षीया पञ्चाङ सदा सोमबार दिउँसो करेन्ट लागेर मृत्युवरण गरेकी छन्।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ।
