डोटी – सायल गाउँपालिका–२, ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंह घर लिप्न माटो खन्न गएकी क्रममा ढिस्कोले पुरिएर मृत्युवरण गरेकी छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घटना आज बिहान ९:४८ बजे घर नजिकैको गौसिल भन्ने ठाउँमा भएको हो। किशोरी माटो खन्न गएकी बेला ढिस्कोले ढाक्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीको जानकारी छ।
प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण र थप विवरणहरूबारे अनुसन्धान जारी रहेको छ।
