काठमाडौँ– पछिल्लो समय काठमाडौं उपत्यका सहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण अत्यधिक बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्क रहन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगर लगायत तराईका विभिन्न क्षेत्रमा हावामा हानिकारक सूक्ष्म कण (पर्टिकुलेट म्याटर २.५) को मात्रा अत्यधिक बढेको छ, जसले श्वासप्रश्वास र छालामार्फत शरीरमा प्रवेश गरी स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ। ज्येष्ठ नागरिक, गर्भवती महिला, ५ वर्षमुनिका बालबालिका र दीर्घरोगीहरू विशेष जोखिममा रहेकाले अत्यधिक सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ। प्रदूषणले आँखा दुख्ने, दृष्टि कमजोर हुने, मुटु, मिर्गौला, श्वासप्रश्वास सम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउन सक्छ। मन्त्रालयले बिहान र साँझ वायु प्रदूषणको मात्रा उच्च हुने भएकाले घरबाहिर ननिस्कन सुझाव दिएको छ भने बाहिर निस्कनै परेमा मास्क, आँखा जोगाउन चस्मा र छालालाई ढाक्ने कपडा, टोपी लगाउन सुझाव दिएको छ। साथै, स्वास्थ्य मन्त्रालयले उद्योग, सवारी साधन, कृषिमा विषादी प्रयोग, फोहोर जलाउने र वन डढेलो नियन्त्रण नगर्दा प्रदूषण बढ्ने भएकाले अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय गर्दै रोकथाम गर्न पहल गरिरहेको छ र तत्कालका लागि व्यक्तिगत सुरक्षा उपाय अपनाउनु नै सर्वोत्तम विकल्प भएको जनाएको छ।
काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च, स्वास्थ्य मन्त्रालयको सतर्कता अपिल
काठमाडौँ– पछिल्लो समय काठमाडौं उपत्यका सहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण अत्यधिक बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्क रहन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, ...
1 min read
Share
