सुर्खेत– वीरेन्द्रनगर नगरपालिका–११ मा क.प्र. ०२-००१ क ०१३६ नम्बरको टिपर दुर्घटना हुँदा ३३ वर्षीय चालक रुद्र बहादुर शाहीको मृत्यु भएको छ।
सोमबार राति टिपर अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा ल्याइएको थियो। उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यस दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
