धनगढी । कैलालीमा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन सुरु गरेका छन्। मतगणना सुरु भएको दोस्रो दिन मात्र एक जना उम्मेदवारले आफ्नो खर्च विवरण पेश गरेका छन्।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार उज्यालो पार्टी नेपालका कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार चन्द्र साउँदले आइतवार पहिलो रुपमा आफ्नो निर्वाचन खर्च विवरण कार्यालयमा बुझाएका हुन्।
प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ कि कैलालीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारले आफ्नो खर्च विवरण यही कार्यालयमा पेश गर्नेछन्। सुदूरपश्चिमका अन्य जिल्लाका उम्मेदवारहरूले आ–आफ्नो सम्बन्धित निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने व्यवस्था गरिएको छ।
यसैबीच, अहिलेसम्म कैलालीमा केवल एक जना उम्मेदवारको मात्रै खर्च विवरण प्राप्त भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिएका छन्।
