काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख मत प्राप्त गरेको छ।
निर्वाचन आयोगका पछिल्ला विवरणअनुसार अहिलेसम्म १ करोड ४ लाख १९ हजार २३४ मतगणना भएको छ। त्यसमा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ। हालसम्म २ लाख २७ हजार ८७२ मत गणना भइरहेको छ।
यसैगरी, अन्य राजनीतिक दलहरूले पाएका मत यस प्रकार छन्:
नेपाली कांग्रेस: १६ लाख ९२ हजार ७८६
नेकपा (एमाले): १४ लाख ११ हजार ४२९
नेपाली कम्युनिस्ट पार्टी (नेकपा): ६ लाख ६६ हजार ८७५
श्रम संस्कृति पार्टी: ३ लाख ५८ हजार ४१५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ३ लाख २४ हजार ८८१
यस परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा सबैले ३ प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन्।
प्रतिनिधिसभा चुनावमा कुल करिब १ करोड १० लाख मत खसेको थियो। निर्वाचन आयोगले आज बेलुकासम्म समानुपातिकतर्फका सबै मत गणना सम्पन्न गर्ने जानकारी दिएको छ।
