काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्य बढेको छ।
सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन हजार आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार यो मूल्य तीन लाख १३ हजार दुई सय रूपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। सोमबार प्रतितोला पाँच हजार चार सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भइरहेको छ। यसरी चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय १० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
