काठमाडौँ । Sunil Kumar Sharmaले चुनावमा हार वा जित हुनु सामाजिक सेवा र सहयोगका कामसँग सम्बन्धित नहुने बताएका छन्। बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले आफूले सञ्चालन गरेका संस्थाहरूबाट विगतमा जस्तै सेवा र सहयोग निरन्तर रूपमा जारी रहने स्पष्ट पारेका छन्।
Nepali Congressका नेता शर्माले विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गरेका छन्। उनले यी सेवाहरू देशका विभिन्न स्थानमा सम्बन्धित वार्ड तथा जिल्लाहरूमा आवश्यक प्रक्रिया र आधिकारिक माध्यममार्फत उपलब्ध गराइँदै आएको पनि बताएका छन्।
नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखेर सेवा उपलब्ध गराउने प्रयास निरन्तर जारी रहेको उनले बताए। “चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो,” शर्माले भनेका छन्।
उनले समाज र राष्ट्रप्रतिको दायित्वलाई आत्मसात् गर्दै यस्ता सेवा तथा सहयोगका कार्यक्रम आगामी दिनमा पनि देशभर निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिए।
साथै, बजारमा फैलाइएका हल्ला वा भ्रममा नपर्न आग्रह गर्दै आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका संस्थासँग आबद्ध प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधिअनुसार सेवा लिन उनले नागरिकलाई अनुरोध गरेका छन्।
