मोरङ प्रहरीले विराटनगरको एक होटलको पार्किङबाट मोटरसाइकल चोरी गर्ने एक जनालाई रङ्गेहात पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१२ स्थित बिरयानी अड्डा एण्ड तन्दुरी पसलको पार्किङ स्थलबाट हराएको प्रदेश ०१–०१–००१ प ३६०१ नम्बरको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिइएको हो।
गत फागुन २३ गते राति करिब १० बजे पार्किङमा राखिएको मोटरसाइकल हराएको सूचना प्राप्त भएपछि प्रहरीले विशेष टोली खटाएर खोजतलास सुरु गरेको थियो।
प्रहरीको सक्रियताका कारण चोरी भएको भोलिपल्टै, विराटनगर–८ बस्ने २८ वर्षीय मोहम्मद ज्याउदिनलाई उक्त मोटरसाइकलसहित फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ज्याउदिनमाथि चोरी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
