काठमाडौँ । गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का प्रेम कुमार खत्री ले १५ हजार ३९८ मत प्राप्त गरेका छन्।
यससँगै गोरखा–१ मा रास्वपाले स्पष्ट मतान्तरसहित प्रतिनिधिसभा सिट जित्न सफल भएको छ।
