तेल अभिभ । इरान बाट प्रहार गरिएको मिसाइल आक्रमणमा इजरायल मा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
इजरायलको मध्य क्षेत्रस्थित येहुद क्षेत्रमा मिसाइल खसेपछि उक्त घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन्। यस घटनासँगै युद्ध सुरु भएयता इजरायलमा मृत्यु हुनेको संख्या ११ पुगेको जनाइएको छ।
इजरायली उद्धार सेवाका अनुसार ३० वर्षीय एक पुरुष छर्रा लागेर गम्भीर घाइते भएका छन्। उद्धार टोलीले उनलाई घटनास्थलमै प्राथमिक उपचार प्रदान गरेको जनाएको छ।
यसअघि इरान बाट इजरायल तर्फ नयाँ मिसाइल लहर प्रहार भएको इजरायली सेना ले जनाएको थियो। त्यसपछि देशका विभिन्न क्षेत्रमा साइरन बजाइएको र नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताइएको छ।
