इलाम–१ मा नेपाली कांग्रेस का उम्मेदवार निश्कल राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
३५ वर्षीय राईले १४ हजार ५४३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी का विनोद नेम्वाङ लिम्बु ले १३ हजार ६३२ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमाले का उम्मेदवार काजीमान कागते ले ११ हजार ९६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार विमल गदाल ले ९ हजार १६० मत प्राप्त गरेका छन्।
यससँगै इलाम–१ मा कांग्रेसले प्रतिनिधिसभा सिट जित्दै महत्वपूर्ण सफलता हासिल गरेको छ।
