गुल्मी । नेपाल प्रहरी का अनुसार गुल्मी जिल्ला मा माछा मार्न भन्दै खोलामा गएका एक युवकको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मी का अनुसार मुसिकोट नगरपालिका–१, अरेवा का २१ वर्षीय दीपजन दर्लामी को बढिगाड खोला मा डुबेर मृत्यु भएको हो।
प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारु का अनुसार आइतबार साँझ दीपजन माछा मार्न भन्दै आफ्नै छिमेकी ५६ वर्षीय डम्बर दर्लामी सँग बढिगाड खोलातर्फ गएका थिए।
माछा मार्न जाल बोकेर गएका दीपजन खोलामा डुबेपछि डम्बरले स्थानीयवासी तथा प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी चौकी पौदी अमराई बाट खटिएको टोलीले आइतबार साँझदेखि नै खोजी अभियान सुरु गरेको थियो।
स्थानीयवासीको सहयोगमा खोजी गर्दा सोमबार बिहान मुसिकोट नगरपालिका–१, उपल्लो राक्से क्षेत्रको बढिगाड खोलामा दीपजनको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
