काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले प्रतिनिधिसभा निर्वाचनमा भएको आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोग मा बुझाएका छन्।
नेता शाहले झापा–५ बाट लडेको प्रतिनिधिसभा निर्वाचनमा कुल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको विवरण आयोगमा पेस गरेका हुन्।
गत प्रतिनिधिसभा निर्वाचन २०८२ मा उनले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली लाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा विजय हासिल गरेका थिए।
निर्वाचन कानुनअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोग मा बुझाउनुपर्ने व्यवस्था छ।

