तेहरान । इरान ले विदेशमा बसोबास गर्ने सरकारविरोधी इरानी नागरिकहरूको सम्पत्ति जफत गरिने चेतावनी दिएको छ।
इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार इरानको महान्यायाधिवक्ताको कार्यालय ले जारी गरेको वक्तव्यमा विदेशमा रहेका र शत्रु पक्षसँग सहकार्य गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने उल्लेख गरिएको छ।
वक्तव्यमा भनिएको छ, “विदेशमा रहेका ती इरानी नागरिकहरू जसले शत्रु पक्षसँग सहमति जनाउँछन्, सहयोग गर्छन् वा उनीहरूको गतिविधिलाई साथ दिन्छन्, उनीहरूको सम्पत्ति कानुनअनुसार जफत गरिनेछ।”
इरानी अधिकारीहरूले यो चेतावनी विशेष गरी इजरायल तथा अन्य शत्रु राष्ट्रसँग सहकार्य गर्ने व्यक्तिलाई लक्षित गरिएको बताएका छन्। उनीहरूका अनुसार यस्तो कदम राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितविरुद्ध हुने गतिविधि रोक्नका लागि लागू गरिनेछ।
यो घोषणा सन् २०२५ को अक्टोबरमा पारित गरिएको जासुसी तथा शत्रु देशसँगको सहकार्यमा कडा सजायको व्यवस्था गर्ने कानुनअन्तर्गत गरिएको बताइएको छ। उक्त कानुनको धारा १ मा इजरायल वा अन्य शत्रु देशसँग सहकार्य गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्ने व्यवस्था गरिएको छ।
