काठमाडौँ । यातायात व्यवस्था विभाग ले छापिएका १ हजार ६७३ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण सार्वजनिक गरेको छ। विभागले सोमबार आफ्नो आधिकारिक फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।
विभागका अनुसार छापिएका लाइसेन्स सम्बन्धित सेवाग्राहीहरूले लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद र पुरानो सवारी चालक अनुमतिपत्र समेत साथमा लिएर उपस्थित हुनुपर्नेछ।
यातायात व्यवस्था विभाग ले सेवाग्राहीलाई आवश्यक कागजातसहित विभागमा उपस्थित भई आफ्नो सवारी चालक अनुमतिपत्र लिन आग्रह गरेको छ।
