जुम्ला: बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ।
एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा दलका जम्मा १० उम्मेदवार चुनावी मैदानमा थिए।
खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेका कारण रास्वपा की विनिता कठायत ४२१ मतमा सीमित भएकाले धरौटी जफत भएको छ।
त्यसैगरी:
प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल: ११२ मत
नेमकिपाका बिर्षबहादुर रावत: ४०० मत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बिर्ख शाही: ७१ मत
नेपाल जनता पार्टीका रनील विक्रम शाही: ४३ मत
स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल
यी सबै उम्मेदवारले जमानत जोगाउन सकेनन्।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र कँडेल का अनुसार, उम्मेदवारहरूले निर्वाचन कार्यालयमा बुझाएको धरौटी रकम गुमाएका छन्। कानून अनुसार खसेको सदर मतको १० प्रतिशत नपाएमा जमानत जफत हुने व्यवस्था छ।
निर्वाचित उम्मेदवारहरू:
राप्रपा–ज्ञानेन्द्र शाही: १४,८१६ मत
नेकपा–नरेश भण्डारी: ११,६३५ मत
नेकपा (एमाले)–शान्तिलाल महत: ४,५१८ मत
नेपाली कांग्रेस–दीपबहादुर शाही: ७,१४३ मत
जुम्लामा कुल मतदाता ७१,७३९ रहेकोमा प्रत्यक्षतर्फ करिब ४०,८९७ मत (५७%) र समानुपातिकतर्फ ४१,६३१ मत (५८.०३%) खसेको थियो। कुल खसेको मतमध्ये १,७२४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
कर्णाली प्रदेशमा कांग्रेस पहिलो दल बनेको छ। पाँच निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको छ।
निर्वाचन आयोगका अनुसार:
कांग्रेस: जाजरकोट–खड्कबहादुर बुढा, हुम्ला–जयपति रोकाया, दैलेख–१–वासना थापा, मुगु–खड्क शाही, सुर्खेत–१–बिष्णुबहादुर खड्का
नेकपा: रुकुम पश्चिम–गोपाल शर्मा, सल्यान–रमेशकुमार मल्ल, डोल्पा–धनबहादुर बुढा, कालिकोट–महेन्द्रबहादुर शाही
राप्रपा: जुम्ला–ज्ञानबहादुर शाही
एमाले: दैलेख–२–लक्ष्मीप्रसाद पोखरेल
रास्वपा: सुर्खेत–२–रमेशकुमार सापकोटा
कर्णालीमा नेकपाले ४ निर्वाचन क्षेत्र, रास्वपा, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक–एक निर्वाचन क्षेत्रमा विजयी भएका छन्।
