इलाम: इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस का उम्मेदवार निश्कल राई ले अग्रता कायम राखेका छन्।
अहिलेसम्मको मतगणना अनुसार राईले १२ हजार १३० मत प्राप्त गरेका छन्।
त्यसैगरी, श्रम संस्कृति पार्टी का उम्मेदवार विनोद नेम्वाङ लिम्बु ले ११ हजार ५९१ मत ल्याएका छन् भने एमाले का उम्मेदवार काजीमान कागते ले १० हजार ९०५ मत पाएका छन्।
मतगणना अझै जारी छ र अन्तिम परिणाम आउन बाँकी छ।
