पर्सा: पर्सामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५० वर्षीय भुटन साह (रामजनम साह) पक्राउ परेका छन्। उनी वीरगन्ज महानगरपालिका–१५, भेडियाही बस्ने व्यक्ति हुन्।
आइतबार राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। साहमाथि उजुरी परेको र सोही आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडा को संयुक्त टोलीले खोजतलास गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। साथै, किशोरीको स्वास्थ्य परीक्षण र अन्य कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
