इलाम: सुर्योदय नगरपालिका–४, उनिउटारमा ५४ वर्षीय दिल कुमार तामाङ मृत फेला परेका छन्। उनी आफ्नै घर नजिकैको बाटोमा मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दै मुचुल्का तयार गरेको छ र आवश्यक थप अनुसन्धान सुरु गरेको जनाएको छ।
