काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना भइसकेको छ।
पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४० लाख ६ हजार ६९४ मतसहित अग्रस्थानमा छ। यो कुल सदरमतको ४८.२८ प्रतिशत हो।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १३ लाख ४८ हजार ७९९ मत पाएको छ, जुन १६.२५ प्रतिशत हो।
तेस्रो स्थानमा रहेको नेकपा एमाले को मत ११ लाख ४२ हजार ३८१ छ, जुन १३.७६ प्रतिशत हो। चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी ले ५ लाख ८७ हजार २३० मत पाएको छ, अर्थात् ७.०८ प्रतिशत।
श्रम संस्कृति पार्टी ले २ लाख ८९ हजार ९६१ मत पाएको छ, जुन ३.४९ प्रतिशत हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी ले २ लाख ७४ हजार ९९१ मत प्राप्त गरेको छ, जुन कुल सदरमतको ३.३१ प्रतिशत हो।
हालसम्मको मत परिणामले स्पष्ट देखाउँछ कि रास्वपा समानुपातिक मतमा स्पष्ट अग्रस्थानमा छ।
