रौतहट । गत भदाैमा भएकाे ‘जेन–जी’ आन्दोलन का क्रममा कारागारबाट फरार भएका रामनरेश साह (४०) लाई प्रहरीले रौतहटबाट नियन्त्रणमा लिएको छ। उनी यमुनामाई गाउँपालिका–४ का बासिन्दा हुन्।
साह कारागार कार्यालय गौरबाट फरार भएका थिए। उनी लागुऔषध गाँजा तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा दोषी ठहर भई सजाय भोगिरहेका थिए।
District Police Office, Rautahat ले विशेष खोजतलास अभियान सञ्चालन गर्दै उनलाई गौर नगरपालिका–१ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका साहलाई पुनः कारागार कार्यालय गौर पठाई आवश्यक कानुनी कारबाही अघि बढाइएको छ, डीएसपी Bishnu Pradip Basyal ले जानकारी दिएका छन्।
