लुम्बिनी । Rastriya Swatantra Party (रास्वपा) ले लुम्बिनी प्रदेशका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा जित निकाल्दै स्पष्ट वर्चस्व कायम गरेको छ।
यसअघि प्रभावशाली मानिएका दलमध्ये Nepali Congress र Communist Party of Nepal ले २–२ सिट जित्दा Communist Party of Nepal (Unified Marxist–Leninist) ले १ सिट मात्र जित्न सफल भएको छ।
प्रदेशका १२ जिल्लामध्ये रास्वपाले नवलपरासी पश्चिमका दुवै क्षेत्र, रुपन्देहीका पाँचवटै क्षेत्र, गुल्मीका दुवै क्षेत्र, दाङका तीनवटै क्षेत्र, अर्घाखाँची, पाल्पाको एक, कपिलवस्तुका दुई, बाँकेका दुई, प्युठान र बर्दियाका दुवै क्षेत्र जितेको छ।
कांग्रेसले कपिलवस्तु–३ र पाल्पा–१ मा जित निकालेको छ भने कम्युनिस्ट पार्टीले रोल्पा र रुकुम पूर्व मा आफ्नो प्रभाव कायम राख्दै दुई सिट सुरक्षित गरेको छ। एमालेले भने बाँके–२ मा मात्र जित हात पारेको छ।
रास्वपाले रुपन्देही, दाङ, नवलपरासी पश्चिम, गुल्मी र बर्दिया जस्ता एकभन्दा बढी क्षेत्र भएका जिल्लामा क्लिन स्विप गरेको छ।
यस चुनावमा विभिन्न दलका प्रभावशाली नेताहरू पराजित भएका छन्। पराजित हुनेमा एमाले उपाध्यक्ष Bishnu Paudel र Gokarna Bista, महासचिव Shankar Pokharel, नेता Pradeep Gyawali, कम्युनिस्ट पार्टीका नेता Som Prasad Pandey, कांग्रेस नेता Kishor Singh Rathaur, प्रदेश सभापति Amar Singh Pun, एमाले नेता Surya Thapa र कांग्रेसका Govinda Pokharel लगायत छन्।
रुकुम पूर्वको एक मात्र क्षेत्रमा भने कम्युनिस्ट पार्टीका अध्यक्ष Pushpa Kamal Dahal ‘प्रचण्ड’ विजयी भएका छन्। उनले १० हजार २४० मत प्राप्त गर्दा एमालेका Lilamani Gautam ले ३ हजार ४६२ मत प्राप्त गरेका छन्।
त्यस्तै रोल्पामा कम्युनिस्ट पार्टीका Barshaman Pun विजयी भएका छन्।
समग्र नतिजाले लुम्बिनी प्रदेशमा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा बढेको देखाएको छ भने परम्परागत ठूला दलहरूको आधार क्षेत्रसमेत कमजोर भएको संकेत गरेको छ।
