काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २० लाख मत कटाएको छ।
हालसम्म ४० लाख ८० हजार ८३ मतगणना हुँदा रास्वपाले २० लाख २४ हजार ८४० मत प्राप्त गर्दै करिब ५० प्रतिशत मतसहित शीर्ष स्थानमा कायम रहेको छ।
त्यसैगरी नेपाली कांग्रेसले ६ लाख ८८ हजार ३९३ मत, नेकपा एमालेले ५ लाख ४२ हजार ३४३ मत, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २ लाख ७५ हजार २०४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ लाख ४७ हजार ६२० मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
