मुगु – मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर रोकायालाई १,१९६ मतान्तरले पराजित गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७,९२४ मत प्राप्त गर्दा रोकायाले ६,७१८ मत पाएका छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार चन्द्रबहादुर शाहीले ५,५५८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भुवन टमटाले ५३० मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भए।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बलबहादुर मल्लले २०३ मत, नेकपा माओवादीका रंगवीर परियारले २८० मत र प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत प्राप्त गरेका छन्।
मुगुमा कुल ३६,०३१ मतदातामध्ये २२,०७१ मत खसेको थियो, जसमा ८४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
