काठमाडौँ – भोजपुरबाट श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
आइतबार सम्पन्न मतगणनाअनुसार राईले १६ हजार ६६३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरेका छन्। शेरधन राई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्।
त्यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश प्रसाद ओझाले ६ हजार १०२ मत ल्याएका छन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजम्बर राई काङमाङले ५ हजार ७२८ मत प्राप्त गरेका छन्।
