काठमाडौँ – सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन्।
साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। यस क्षेत्रमा कुल ८७ हजार ४७१ मत खसेको थियो।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) ले २७ हजार २४९ मत प्राप्त गरेकी छन्। साम्पाङले तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका हुन्।
धरान उपमहानगरपालिकाका मेयर रहेका साम्पाङले मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनाव लडेका थिए।
यससँगै श्रम संस्कृति पार्टीले हालसम्म दुई स्थानमा जित हासिल गरिसकेको छ भने एक स्थानमा अग्रता कायम राखेको जनाएको छ।
