रौतहट – रौतहट क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन्द्र पटेल विजयी भएका छन्। उनले २७,३१८ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी का गोविन्द चौधरी लाई १५,३६४ मतको अन्तरले पराजित गरे। चौधरीले यस क्षेत्रमा ११,९५४ मत प्राप्त गरेका थिए।
त्यस्तै, आम जनता पार्टी का प्रभु साह ९,८९० मतमा सीमित भए भने नेकपा एमाले का कुन्दन प्रसाद कुशवाहा ले ६,६०५ मत प्राप्त गरे।
रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। यीमध्ये तीन क्षेत्रमा रास्वपा र एक क्षेत्रमा (रौतहट–२) नेपाली कांग्रेस का उम्मेदवारले विजयी हासिल गरेका छन्।
