मकवानपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम विजयी भएका छन्।
अन्तिम मत परिणाम अनुसार, गौतमले ३६,०३३ मत प्राप्त गर्दै नेपाली कांग्रेस की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) लाई २१,९९५ मतको अन्तरले पराजित गरेका छन्। डिनाले यस क्षेत्रमा १४,०३८ मत प्राप्त गरे।
त्यस्तै, नेकपा एमाले का रामेश्वर रानामगर ले १२,७८३ मत ल्याए भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विजय गौतम ले १०,७८८ मत प्राप्त गरेका थिए।
यो नतिजाले मकवानपुर–१ मा रास्वपाको बलियो प्रभाव पुष्टि गरेको छ।
