काठमाडौँ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की लाई बुझाएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिंहदरबारमा प्रतिवेदन बुझाएको भए पनि प्रतिवेदनमा उल्लेख भएका विषयहरू सार्वजनिक गरिएको छैन।
असोज ५ मा सरकारले आयोग गठन गरेको थियो, जसमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।
आयोगले भदौ २३–२४ मा भएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गइसकेको घटनाबारे १५० भन्दा बढी सरकारी अधिकारी र आन्दोलनका प्रत्यक्षदर्शीसँग बयान लिएको थियो।
त्यतिबेला जेनजी आन्दोलन केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको पालामा भएको थियो। गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रजिअ छविलाल रिजाल उक्त घटनाका जिम्मेवार सरकारी अधिकारी थिए।
