काठमाडौं – सर्लाही–४ निर्वाचन क्षेत्रमा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंह लाई हार्दिक शुभकामना दिएका छन्।
थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत सर्लाही क्षेत्रका समस्याहरूको समाधानमा आफ्नो पहल र क्षमता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना! मलाई माया, विश्वास र मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।”
सर्लाही–४ मा मत परिणाम अनुसार, अमरेश सिंहले ३५,६८८ मत प्राप्त गर्दै थापालाई १३ हजारभन्दा बढी मतले पछि पार्दै विजयी भएका छन्। थापाले यस निर्वाचनमा २२,८३१ मत प्राप्त गरेका थिए।
