काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाण्डौ उपत्यकामा ठूलो विजय हासिल गरेको छ। काठमाण्डौका १०, ललितपुरका ३ र भक्तपुरका २ गरी १५ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्।
पछिल्लो नतिजाअनुसार, ललितपुर–२ मा रास्वपा उम्मेदवार जगदीश खरेल ३९,४९१ मतसहित विजयी भएका छन्।
काठमाण्डौका विभिन्न क्षेत्रका विजेताहरू:
काठमाण्डौ–१: रास्वपाकी रन्जु न्यौपाने (दर्शना)
काठमाण्डौ–२: सुनिल केसी
काठमाण्डौ–३: राजुनाथ पाण्डे
काठमाण्डौ–४: पुकार बम
काठमाण्डौ–५: सस्मित पोखरेल
काठमाण्डौ–६: शिशिर खनाल
काठमाण्डौ–७: गणेश पराजुली
काठमाण्डौ–८: विराजभक्त श्रेष्ठ
काठमाण्डौ–९: डोलप्रसाद अर्याल
काठमाण्डौ–१०: प्रदीप विष्ट
ललितपुर क्षेत्रका विजेताहरू:
ललितपुर–१: बुद्धरत्न महर्जन
ललितपुर–२: जगदीश खरेल
ललितपुर–३: डा. तोसिमा कार्की
भक्तपुरमा रास्वपा उम्मेदवारको विजयले लामो समयदेखि कायम रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पकड तोडेको छ। भक्तपुर–१ मा रुकेश रञ्जित, भक्तपुर–२ मा राजीव खत्री विजयी भएका छन्।
२०४८ सालदेखि भक्तपुर–१ क्षेत्र नेमकिपा, कांग्रेस र एमालेले जित्दै आएका थिए। यसपटकको नतिजाले रास्वपाको शक्ति उपत्यकामा थप बलियो भएको देखाउँछ।
